अर्थ

    भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, बिक्री मूल्य भने नघट्ने

    नवलपुर टुडे
    २०७९ साउन १ | मध्यान्ह ०२:०४ बजे

      काठमाडौं, साउन १ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्यमा १५ रुपैयाँ ७६ पैसा प्रतिलिटर र डिजेलको मूल्यमा १६ रुपैयाँ ५६ पैसा प्रतिलिटर घटेर आएको हो ।

      नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउने गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर १०० डलर प्रतिब्यारेलमा झरेपछि नयाँ मूल्यसूची घटेर आएको हो ।

      मूल्य घटेर आएपनि यसअघिको नोक्सानीको असर अझै परिरहेकाले तत्काल नेपालमा पेट्रोलियम पदार्थको बिक्री मूल्य भने नघट्ने निगमले जनाएको छ ।

        कमेन्टहरु