बर्दियामा ६ वर्षीया बालिका बलात्कृत

नवलपुर टुडे
२०७९ साउन १ | मध्यान्ह १२:०४ बजे

बर्दिया, साउन १ । बर्दियामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मधुवन नगरपालिका–६ श्रीनगर बस्ने २६ वर्षीय मानबहादुर रजाली छन् । सोही ठाउँस्थित गोठको पछाडि लगेर रजालीले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





