देश

    सिरहाको बरियारपट्टीमा नेशन माईक्रोफाईनान्सको अन्तरक्रिया

    नवलपुर टुडे
    २०७९ साउन १ | बिहान ०६:०४ बजे

      महेश सिंह
      सिरहा, १ श्रावण । सिरहाको बरियारपट्टी गाउँपालिकामा नेशन माईक्रोफाईनान्स लघुवित वितीय संस्था लिमिटेडको सदस्य अभिभावक जनप्रतिनिधि र नागरिक समाज विच अन्तरक्रिया सम्पन्न भएको छ ।

      नेशन माईक्रोफाईनान्सको सियो राम बहादुर यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाको अध्यक्ष सन्तोष कुमार महतो प्रमुख अतिथि रहनु भएको थियोे । प्रमुख अतिथि महतोले ग्रामिण भेगका जनताहरुलाई उर्जाशिल बनाउनमा सस्थाको अग्रनी भुमिका रहेका बताए।

      बिशिस्ट अतिथिमा पालिका उपाध्यक्ष रहनु भएको थियो भने, अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अजय यादव लगायत विभिन्न राजनीति दलका ब्यक्तिहरु रहेको शाखा कार्यालय बरियारपट्टीका प्रमुख देबेन्द्र कुमार यादवले जनाए।

      कार्यक्रममा नेशन माईक्रोफाईनान्स लघुवित वितीय संस्था लिमिटेडका सि.यो. राम बहादुर यादवले संस्थाको उन्नति प्रगति र सस्थाको कार्यबिधी बारेमा बिस्तृत चर्चा गरेका थिए । नेशन माईक्रोफाईनान्स लघुवित वितीय संस्थाले गरिब दलित असहाय ब्यक्तिहरुलाई सहज रूपमा र कम ब्याज दरमा ऋण उपलब्ध गराई रहेका छन् । सबै बर्ग समुदायहरुको लागि बैंकको सहानुभूति प्रदान गर्न उक्त सस्थाले नेपालको विभिन्न जिल्लाहरु र ग्रामीण भेगहरुमा शाखा कार्यालयहरुको स्थापना गरिएका हुन्।

      २०७१ सालमा स्थापना भएको उक्त संस्थाले नेपालको अधिकांश जिल्लाहरुमा कार्यालय स्थापना गर्न सफल संस्थाको रूपमा परिचित छन् । संस्थाको केन्द्रिय कार्यालय धादिङ जिल्लाको धादिङबेसीमा रहेका छन्।

        कमेन्टहरु