लुम्बिनी प्रदेश

    दाङमा गोठ भत्किँदा दुई वर्षीया बालिकाको मृत्यु

    नवलपुर टुडे
    २०७९ असार ३२ | मध्यान्ह ०७:०३ बजे

      दाङ, असार ३२ । दाङमा गोठ भत्किँदा शनिबार एक बालिकाको मृत्यु भएको छ ।

      जिल्लाको घोराही उपमहानगरपालिका–९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

      गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु