देश

    तनहुँमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

    नवलपुर टुडे
    २०७९ असार ३२ | मध्यान्ह ०७:०३ बजे

      दमौली । तनहुँको व्यास नगरपालिका–११, शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एकजनाको मृत्यु भएको छ । सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो ।

      मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

      घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग१क २६८३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ६५०४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । रासस

        कमेन्टहरु