देश

    भक्तपुरमा आफ्नै घरभित्र जलेको अवस्थामा शव फेला

    नवलपुर टुडे
    २०७९ असार ३२ | मध्यान्ह ०३:०३ बजे

      भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट, फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ ।

      आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

      प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज पठाएर घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । रासस

        कमेन्टहरु