यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं, असार ३२ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज बिहान प्रदेश–१, गण्डकी प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्यता बदली रहेको छ । उक्त प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यता बदली रहनेछ । देशभरका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला र खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।





