देश

    पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना संक्रमण

    नवलपुर टुडे
    २०७९ असार ३१ | मध्यान्ह ०४:०३ बजे

      काठमाडौं, असार ३१ । पछिल्लो २४ घण्टामा देशभर थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनहजार ७१८ वटा नमुना परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो ।

      यस्तै सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार २८४ पुगेको छ ।

      आज ८७ हजार ९७२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु