मुख्य समाचार

    सर्वोच्च अदालतले गर्‍यो एआईजी पोखरेलको रिट खारेज

    नवलपुर टुडे
    २०७९ असार ३१ | मध्यान्ह ०३:०३ बजे

      काठमाडौँ, असार ३१ । सर्वोच्च अदालतले अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज गरेको छ । प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गरेको रिट सर्वोच्चले शुक्रबार खारेज गरेको हो ।

      सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश द्वय दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको रिट खारेज गरेको हो । पोखरेलसँगै आईजीपी नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ ।

      आईजीपीमा सरकारले आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । आईजीपीमा सिंहको नियुक्ति भएपछि उनी आफ्नो ड्युटीमासमेत पनि गएका थिएनन् ।

        कमेन्टहरु