राजनीति

    हतियार खरिदबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

    नवलपुर टुडे
    २०७९ असार ३१ | मध्यान्ह ०२:०३ बजे

      काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद पवित्रा निरौला खरेलले हतियार खरिद प्रकरणबारे स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेकी छन् ।

      आजको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय माग्दै उनले हतियार खरिदका लागि ठूलो रकम छुट्ट्याइएको तथा चीन र भारतबाट ल्याउने तयारी भइरहेको विषय सार्वजनिक भएकाले प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने बताएकी हुन् ।

      सांसद खरेलले भनिन् ‘संसदमा धेरै दिनदेखि हतियार खरिदको कुरा उठिरहेको छ । सरकारले भारत र चाइनाबाट तालमेल गरिरहेको बुझिएको छ । संसदमा यस सम्बन्धमा धेरै कुरा उठिरहेको छ । यस सम्बन्धमा प्रधानमन्त्रीले बाहिर कोठामा हतियार ल्याइँदैन भन्ने कुरा उठेको छ । यो सदनमा आएर प्रधानमन्त्रीले किन भन्न सक्नुहुन्न ? तत्काल प्रधानमन्त्रीले संसदमा आएर यसबारे प्रष्ट पार्नुपर्छ ।’

        कमेन्टहरु