देश

    भारतद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग

    नवलपुर टुडे
    २०७९ असार ३१ | बिहान ११:०३ बजे

      काठमाडौं । भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

      नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले आज बिहान गृहमन्त्रालयमा एक समारोहबीच भारतीय जनता र भारत सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । भारतले नेपाललाई तीन हजार थान टेन्ट र १० थान ‘रबर बोट’ उपलब्ध गराएको हो ।

      हस्तान्तरण समारोहमा बोल्दै गृहमन्त्री खाणले प्राकृतिक प्रकोप प्रभावितहरूका लागि प्राप्त सहयोगप्रति भारतीय जनता र त्यहाँको सरकारलाई धन्यवाद दिए । नेपाल बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा पर्दा भारत सरकारबाट सहयोग भइरहेको भन्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

      कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले मनसुनको सुरुवातमा राहत सामग्री हस्तान्तरण गर्न पाएकोमा खुसी जनाउँदै आउँदा दिनमा पनि थप सहायता गर्ने प्रतिबद्धता व्यक्त गरे ।

        कमेन्टहरु