मुख्य समाचार

    ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

    नवलपुर टुडे
    २०७९ असार ३१ | बिहान ०८:०३ बजे

      फुङ्लिङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२, सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।

      मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् ।

      घाइते दुवैजना स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । रासस

        कमेन्टहरु