आज तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

नवलपुर टुडे
२०७९ असार ३१ | बिहान ०७:०३ बजे

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। आज देशभर आंशिकदेखि सामान्यत बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।





