मुख्य समाचार

    प्रतिनिधिसभाको बैठक आज पनि : नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै

    नवलपुर टुडे
    २०७९ असार ३१ | बिहान ०६:०३ बजे

      काठमाडौं, असार ३१ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ । यो ११औँ अधिवेशनको ४१औँ बैठक हो ।

      आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ ।

      यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

      photo 2022 07 15 06 46 00

        कमेन्टहरु