समाज

    रामग्रामले लगाएको गमलामा व्यापारी तथा स्थानियले लगाए गुलाफ फुलको बोट

    नवलपुर टुडे
    २०७९ असार ३० | मध्यान्ह ०७:०३ बजे

      रामजी प्रजापति
      नवलपरासी,असार ३० । पश्चिम नवलपरासीको रामग्राममा नगरपालिकाले गमलामा लगाएको बोटमा रामग्राम ५ का ब्यापारी तथा स्थानीयहरुले गमलामा गुलाफ फुलको बोट रोपेर एक्यवद्धता जनाएका छन ।

      बिगत केहि दिन देखि रामग्राम नगरपालिकाले परासी बजारमा धेरै पसल तथा घरहरुको अगाडि एक एक गमलामा एउटा, एउटा बृक्ष रोपण गरेर हरियाली तथा सौर्न्दर्य बढाउनको लागि रोपण गरेको हो ।

      नगरपालिकाले बृक्ष रोपण गरे पश्चात् ब्यापारी तथा स्थानिय मिलेर बृक्ष रोपिएको गमलामा गुलाफको बृक्ष रोपेर माया तथा राम्रो सुगन्ध परासी बासिन्दाहरु तथा बाहिरबाट आएका सबैजना गुलाफको सुगन्ध लिएर आफ्नो काममा सफलताको प्रतिक खुसि भएर रामग्रामबाट बिदा भएर जाउन भनेर रोपण गरिएको दिलिप गुप्ताले जानकारी दिनुभएको छ ।

      नगरपालिकाले ब्यापारी तथा स्थानीयवासीको समस्या बुझेर अगाडि बढ्यो भने हामी सबै नगरपालिकाको हकहितमा काम गर्ने नभए गुलाफको फुलमा काडा पनि हुन्छ भनेर दर्शाउन पर्दैन होला भनेर उक्त गुलाफको रोपण गरिएको भनेर स्थानियहरुले जानकारी दिएका छन।

        कमेन्टहरु