राजनीति

    लोसपाले उम्मेदवारी नदिने भएपछि उपसभामुखका लागि एमालेले अघि सार्‍यो विद्या भट्टराईलाई

    नवलपुर टुडे
    २०७९ असार ३० | मध्यान्ह ०१:०३ बजे

      काठमाडौं, असार ३० । नेकपा एमालेले प्रतिनिधि सभाको उपसभामुखकालागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

      एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका हुन् । ‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ’, नेम्वाङको भनाइ छ ।

      यसअघि लोसपाले उम्मेदवारी दिने भन्दा एमाले उम्मेदवारी नदिने पक्षमा रहेको थियो । लोसपाले उम्मेदवारी नदिने भएपछि एमालेले भट्टराईलाई अघि सारेको हो ।

        कमेन्टहरु