समाज

    लहान ३ का वडा कार्यालय मेयर चौधरीद्वारा उद्वघाट्न

    नवलपुर टुडे
    २०७९ असार ३० | बिहान ०७:०३ बजे

      महेश सिंह
      सिरहा । लहान नगरपालिका वडा नम्बर ३ का वडा कार्यालय पुरानो ठाँउबाट नयाँ ठाउँमा ब्यवस्थापन गरेका छन्। जनतालाई काम काजमा सहजता प्रदान गर्न वडा अध्यक्ष राम दयाल महतोले पुरानो ठाँउबाट सम्बन्धित ठाँउमा कार्यालय सारिएका छन् । वडा कार्यालयको आफनो भवन नहुँदा भाडाको घरमा कार्यालय ब्यवस्थापन गरिएका छन्।

      लहानका मेयर महेश प्रसाद चौधरीले रिवन काटेर वडा नम्बर ३ को वडा कार्यालय भवनको समुदघाटन गरेका छन्। मेयर चौधरी प्रमुख अतिथिको आसनबाट बोल्दै पाँच बर्षको कर्यकालमा नै वडा कर्यालय बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।जनतालाई जिम्मेवारपूर्ण सर्वसुलभ र गुणस्तरीय सेवाका लागी स्थानीय ठाउँमै वडा कार्यालय स्थापना गरिएको मेयर चौधरीले बताए।जनताको भावना अनुरुप काम गर्न अध्यक्ष रामदयाल महतोलाई आग्रह गरेका थिए।

      जनताको सहजताको लागी वडामै कार्यालय स्थापना गरिएको अध्यक्ष महतोले बताउनु भयो।हाल कार्यालयको भवन भाडामा संचालनमा रहेपनि कार्यालयको आफ्नो निजि भवनका लागि नगरपालिकाबाट पहल गरिने मेयर महेश चौधरीले प्रतिबद्धता व्यक्त गर्नु भयो।

      जनताको अनुरुप वडा मै कार्यालयको सेवा संचालनमा आएपछि स्थानीयबासीहरु खुसी भएको छन्।सेवाग्राहीको लागि समयमै गुणस्तरीय सेवाप्रवाह गरिने अध्यक्ष महतोले प्रतिबद्धता गरेका थिए, वडा कार्यालयका आफ्नो निजि भवन नहुँदा वडा नम्बर -६ बाट सेवा दिदै आएको आयोजकले जनाए।

      photo 2022 07 14 07 42 20

      photo 2022 07 14 07 42 22

        कमेन्टहरु