देश

    प्रदेश १ इलाम चुलाचुलीमा मंगोल खुल्ला सभा सम्पन्न तथा गाउँपालिका सभा गठन (तस्बिर सहित)

    नवलपुर टुडे
    २०७७ फाल्गुन १ | मध्यान्ह ०८:११ बजे

      इलाम । मुलबासी मंगोलको हकअधिकारको निम्ति देश तथा बिदेशमा आफ्नो अभियान र संगठन बिस्तार गरिरहेका मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनले शनिबार प्रदेश -१ इलामको चुलाचुली गाउँपालिका -४ आइतबारे बजारको खुल्ला मैदानमा खुल्ला सभा सम्पन्न गरेको छ ।

      photo 2021 02 13 20 46 19

      उक्त सभाले विशाल लिम्बुको संयोजकमा १७ सदस्यीय गाउँपालिका सभा गठन गरेको छ भने विभिन्न पार्टी परित्याग गरि १२० जना संगठनमा प्रबेश गरि मंगोल संगठनको सदस्यता लिएको संघिय सदस्य बिक्रम फागो लिम्बू तथा कार्यक्रमको सभापतिले नवलपुर टुडेलाई जानकारी दिनुभएको छ ।

      photo 2021 02 13 20 46 42

      उक्त कार्यक्रमका प्रमुख अतिथी संघिय कोषाध्यक्ष दिनेश बान्तवा रहनुभएको थियो भने, अतिथिहरुमा क्रमशः संघीय संचार बिभाग प्रमुख जीवन मंगोल, बागमती प्रदेश प्रमुख सेरफ तामाङ, बागमती प्रदेश युबा प्रमुख मन्दिरा मोक्तान, सुनसरी जिल्ला अध्यक्ष काजी राम राई, सुनसरी नारी सभा अध्यक्ष अमृता राई, सुनसरी उपसचिव नारायण दर्लान र झापा दमक नगर सभा संयोजक निलम मंगोल रहनुभएको थियो ।

       

      photo 2021 02 13 20 46 39

      कार्यक्रममा स्थानिय कलाकारद्वारा साँस्कृतिक कार्यक्रम सहित प्रस्तुत गरेका थिए भने आयोजक टिमले कलाकारहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

      photo 2021 02 13 20 46 25

      अधिकांश बक्ताहरुले मंगोल मुक्तिको लागि मुलबासी मंगोल एकताको आबश्यक रहेको र मुलबासी मंगोल एक नभए सम्म ब्रह्माणबादको अन्त्य हुन नसक्ने बताए ।

      photo 2021 02 13 20 46 37

      कार्यक्रम चुलाचुली आइतबारे बजारस्थित खुल्ला मैदानमा संघिय सदस्य बिक्रम फागो लिम्बुको सभापतित्वमा सुनसरी जिल्ला सभा सचिब साहारा कुलुङ राईको संचालनमा सम्पन्न गरेको थियो ।

        कमेन्टहरु