पर्साबाट स्रोत नखुलेको २० लाख नगदसहित दुई जना पक्राउ

नवलपुर टुडे
२०७९ असार २९ | मध्यान्ह ०३:०३ बजे

वीरगंज, असार २९ । प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित उनीहरुलाई मंगलबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ पर्नेहरूमा भारत विहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त नगद बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





