राजनीति

    गभर्नर अधिकारीलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग (विज्ञप्तिसहित)

    नवलपुर टुडे
    २०७९ असार २९ | मध्यान्ह ०२:०३ बजे

      काठमाडौं, असार २९ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको छ ।

      अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रहितलाई तिलाञ्जली दिएर ‘अमुक दल’को हितमा समर्पित भएको भन्दै गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेकी हुन् ।

      विज्ञप्तिमा सरकारको मौद्रिक नीति निर्माणको नेतृत्व गर्नुपर्ने राष्ट्र बैंकको गभर्नर अधिकारी विगतदेखि नै विभिन्न शेयर कारोबारमा अवैध संलग्नता, क्रिप्टोकरेन्सीलगायत प्रकरणमा विवादास्पद बनेको उल्लेख छ ।

      विज्ञप्ति

      photo 2022 07 13 14 37 15

        कमेन्टहरु