प्रवासी नेपाली मञ्च कतारको छैठौं अधिवेशन सम्पन्न


कतार । प्रवासी नेपाली मञ्च कतारको छैठौं अधिवेशन सम्पन्न भएको छ । मञ्च कतारका अध्यक्ष चानक पोखरेलको सभापतित्व तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनमा नेपाली नियोगका द्वितीय सचिव प्रवीण भट्टराई, नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलि लगायत विभिन्न वैचारिक, जनजाति, प्रदेश प्रमुख लगायत अन्य संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आईतबार मध्यरातमा सम्पन्न अधिवेशनमा बोल्दै महासचिव पोखरेलले सरकारको आलोचना गरेका थिए ।
उनले नीति र सिद्धान्त नमिल्नेसँग पनि नेपाली कांग्रेसले गठबन्धन गरेकोप्रति असन्तुष्टि व्यक्त गरे । मन्तव्यका क्रममा पोखरेलले नेपाल श्रीलंकको अवस्थामा नपुग्ने दाबी समेत गरे । उनले प्रवासका संगठन कार्यकर्तालाई आलोचना नगरी सुझाव राख्न आग्रह गरे । ‘आलोचना धेरै नै भएको छ’ पोखरेलले भने ‘अब पार्टीलाई हित हुने रचनात्मक सुझाव चाहिएको छ ।’
उनले प्रवासमा श्रमिकबाट उद्यमी बन्नेतर्फ लाग्न सबैमा आग्रह गरे । नेपालमा धेरै राजनीतिक दल भएको हुँदा देश परिवर्तनका लागि जनताले आफन्त नातावादमा मतदान गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको उनको भनाइ छ । मध्यराति सम्पन्न अधिवेशनको बन्द सत्रबाट प्रभात त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षहरूमा विजय बस्नेत, प्रेम विश्वकर्मा, बालकृष्ण भित्रीकोटि, अख्तर अलि खान रहेका छन् । त्यस्तै सचिवमा बिनेश तामाङ, उपसचिवहरूमा गफुर अहमद, शेख शाहनवाज, तिलक सिलवाल, हुम ब. चन्द रहेका छन् ।
कार्यसमितिका सदस्यहरूमा किरण सिलवाल, अलि हुसेन मिया, गोपाल बस्नेत, भोला बस्नेत, श्याम लाल न्यौपाने, टीका कार्की, मीन ब. कार्की, बासु कार्की, सोभाकर भुसाल, श्रीधर आचार्य, केशव राज कार्की, रामजी अधिकारी, मन प्रसाद राना मगर, शिव कुमार भुजेल, लीला प्रसाद गौतम, शक्ति क्षेत्री, गुमान सिंह बि.क, समुन्द्र खड्का, सुशील गौतम, विजय कुमार मगर, विष्णु प्रसाद भुसाल, गणेश बस्याल, महमद , आसिफ हुसेन शेख, बुद्ध गुरुङ रहेका छन् ।





