बिश्व

    राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा

    नवलपुर टुडे
    २०७९ असार २९ | मध्यान्ह १२:०३ बजे

      कोलोम्बो, असार २९ । श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार संकटकाल घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । मंगलबार राति राष्ट्रपति गोटबाया राजापाक्षे सैनिक जहाजमा माल्दिभ्स भागेपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो ।

      प्रधानमन्त्री विक्रमासिंघेले हिंसात्मक तरिकाले प्रदर्शन गर्नेहरूलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् । वेस्टर्न पोभिन्समा कर्फ्यूको पनि घोषणा गरिएको छ । देशमा आर्थिक संकट आएपछि त्यहाँका जनताले राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिंघेको राजीनामा मागेर राजधानी कोलोम्बोमा प्रदर्शन गरिरहेका छन् ।

      आक्रोशित प्रदर्शनकारीहरूले राष्ट्रपति भवन समेत कब्जा गरेका छन् । उनीहरूले प्रधानमन्त्री कार्यालयमा समेत तोडफोड तथा आगजनी गरेका छन् । बुधबार पनि उनीहरूले प्रधानमन्त्री कार्यालय नजिकै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । एजेन्सी

        कमेन्टहरु