राजनीति

    उपसभामुखको निर्वाचन असार ३१ गते

    नवलपुर टुडे
    २०७९ असार २९ | मध्यान्ह १२:०३ बजे

      काठमाडौं, असार २९ । प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेका हुन् ।

      प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले असार ३१ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न संघीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् ।

      प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने प्रावधान छ । नेकपा एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।

        कमेन्टहरु