गोरखामा पहिरोले पुरिएर एक वृद्धको मृत्यु

नवलपुर टुडे
२०७९ असार २८ | मध्यान्ह ०९:०३ बजे

गोरखा । पहिरोले पुरिएर गोरखाको सिरानचोक – ६ गैरीगाउँमा एक वृद्धको मृत्यु भएको छ । जंगलमा दाउरा काट्न गएका ८० बर्षका सुकबहादुर गुरुङ मंगलबार साँझ साँढे पाँचबजेतिर माथिबाट झरेको सुख्खा पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाउने वित्तिकै इप्रका जौबारी र प्रहरी चौकी नयाँसाँगुबाट खटिइ गएका प्रहरीले उद्धार गर्दा गुरुङको मृत्यु भइसकेको अवस्थामा भेटिएको डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । गुरुङको शव पोष्टमार्टमका लागि मंगलबार साँझ गोरखा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।





