देश

    विद्युत् सर्ट भइ घरमा आगलागी हुँदा लाखौंको क्षति

    नवलपुर टुडे
    २०७९ असार २८ | मध्यान्ह ०१:०३ बजे

      रौतहट, असार २८ । रौतहटमा विद्युत् सर्ट भइ एक घरमा आगलागी भएको छ । देवाही गोनाही नगरपालिका – ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान आगलागी भएको हो ।

      आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्न, तथा घर समेत जलेर नष्न भएको छ । करिब ६ लाख ८० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।

      प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

        कमेन्टहरु