रुखमा झुण्डिएको अवस्थामा २ जनाको शव फेला

नवलपुर टुडे
२०७९ असार २८ | मध्यान्ह १२:०३ बजे

कास्की, असार २८ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरीको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।
उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको प्रहरीले जनाएको छ ।
मंगलबार घाँस काट्न जंगल गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार शव केही दिन पुरानो देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।





