एकैदिन थपिए १६८ कोरोना संक्रमित

नवलपुर टुडे
२०७९ असार २७ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार २० वटा नमुना परीक्षण गर्दा २६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा आज थप ३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ३५ हजार ४०२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको छन् ।





