कर्णाली प्रदेश

    कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट अस्पताल भर्ना

    नवलपुर टुडे
    २०७९ असार २७ | मध्यान्ह ०३:०३ बजे

      सुर्खेत, असार २७ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट अस्पताल भर्ना भएका छन् । हिजो पेट दुखेपछि विष्ट वीरेन्द्रनगरस्थित कर्णाली केयरमा भर्ना भएका थिए ।

      रगतमा बोसोको मात्रा धेरै देखिएपछि थप उपचारका लागि उनलाई बुद्ध एअरको जहाजमा काठमाडौं लगिएको छ । उपचारमा संलग्न डाक्टर उज्वल अर्यालका अनुसार रगतमा बोसोको मात्रा अत्यधिक देखिनुका साथै श्वासप्रस्वासमा पनि समस्या देखिएकाले आफन्तको आग्रहमा काठमाडौं पठाइएको हो ।

      प्रमुख स्वकीय सचिव गोविन्द तिमिल्सेनाले मन्त्री विष्ट हाल काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत् रहेको बताए । ‘उहाँको पेटमा इन्फेक्सन भएको सीटी स्क्यानबाट देखिएको छ ।’ उनले भने ‘डाक्टरले आईसीयूमा भर्ना गर्नुपर्ने बताएका छन् ।’

      कर्णाली प्रदेशसभामा आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ ।

        कमेन्टहरु