नबिल बैकसंग मर्जरभएपछि एनबी बैंकका ६२ कर्मचारीले रोजे स्वच्छिक अवकास


काठमाडौ । मर्जरमा सहभागी हुन नचाहने नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ कर्मचारीले स्वच्छिक अवकास रोजेका छन् । हालसम्म नेपाल बंगलादेश बैंकमा कार्यरत ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् ।
मर्जर सम्झौतापश्चात् एनबी बैंकले स्वेच्छिक अवकासको योजना ल्याएको थियो । डेपुटी सीइओ सुरेन्द्र भुषण श्रेष्ठ र डीजीएम सलोनी सिंहले मर्जरमा सहभागी नभई स्वेच्छिक अवकाशको बाटो रोजेका छन् ।
एनबी बैंकले तल्लो तहमा कार्यरत मेसेन्जर तथा सवारी चालकको लागि ३० महिना तथा त्योभन्दा माथिल्लो तहका कर्मचारीलाई २४ महिना, सहायक तहका लागि २१ महिनाको तलव अधिकृत तहको लागि १८ महिनाको तलव र कार्यकारी तहका कर्मचारीको लागि १५ महिनाको तलव एकमुष्ठ दिने योजना स्वेच्छिक अवकास सम्बन्धी योजना ल्याएको थियो ।
नबिल बैंकमा मर्जरमा जान लागेको बैंकले ६२ जना बाहेक अन्य सबै कर्मचारी लिएर आजबाट एकीकृत कारोबार गर्दैछ ।





