सुनवलका अस्मिताको शव तिनाउखोलामा फेला

नवलपुर टुडे
२०७९ असार २६ | मध्यान्ह ०९:०३ बजे

बुटवल । रुपन्देहीको तिलोत्तमा-३ स्थित तिनाउखोलामा एक युवती मृत फेला परेकी छन् । मृत फेला पर्नेम पश्चिम नवलपरासीको सुनवल नगरपालिका – २ की अस्मिता पटवार शर्माको रहेको प्रहरीले जनाएको छ ।
उनी वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार (आज)बिहान तिलोत्तमा – ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । आइतबार दिउँसो साढे १ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेको यस अनलाईनलाई जानकारी दिएको छ ।





