समाचार

    एक हजार दरको नक्कली नोटसहित एक पक्राउ

    नवलपुर टुडे
    २०७९ असार २६ | मध्यान्ह ०९:०३ बजे

      भक्तपुर, असार २६ । भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

      प्रहरीले विशेष सूचनाका आधारमा आज सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंकपछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

      नक्कली नोट रहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको वृत्त जगातीको सूचना शाखाले जानकारी दिएको छ । रासस

        कमेन्टहरु