मधेस प्रदेशसभाबाट कर तथा गैरकरसम्बन्धी विधेयक पारित

नवलपुर टुडे
२०७९ असार २६ | मध्यान्ह ०३:०३ बजे

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।
आजको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेको सो विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गरे । बैठकमा अर्थमन्त्री साहले आर्थिक विधेयक, २०७९ प्रस्तुत गरेका थिए ।
यसअघि, हिजो बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक, २०७९ र प्रदेशसभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो ।
विधेयक पारित भएसँगै प्रदेशसभाको बैठक अर्काे सूचना नहुञ्जलेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए । रासस





