देश

    थप १०२ जनामा कोरोना संक्रमण पुष्टि

    नवलपुर टुडे
    २०७९ असार २५ | मध्यान्ह ०५:०३ बजे

      काठमाडौं, असार २५ । पछिल्लो २४ घण्टामा देशभर थप १०२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

      २ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा थप ३१ जना सङ्क्रमणमुक्त भएका छन् ।

      योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । यस्तै, थप ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु