झापामा ट्रयाक्टरले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

नवलपुर टुडे
२०७९ असार २४ | मध्यान्ह ०४:०३ बजे

झापा, असार २४ । झापाको कन्काई नगरपालिका–३ एकान्त टोलमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रबार बिहान मे.१ त ७८३१ नं को ट्रयाक्टरले रोकी रहेको मे.१ ह ६९६० नं को अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका–३ निवासी ३४ वर्षीया कमला नेपाल रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी नेपालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।





