सिरहामा कारको ठक्करबाट युवती घाइते

नवलपुर टुडे
२०७९ असार २४ | मध्यान्ह ०२:०३ बजे

बुटवल । सिरहाको लहान नगरपालिका–३ मा कारको ठक्करबाट पैदलयात्री एक युवती गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा काठमाडौंको कलंकी घर भएकी ३५ वर्षीया सुमिना श्रेष्ठ रहेकी छिन् ।
घाइते श्रेष्ठलाई उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । बागमती प्रदेश ०१–०२७ च ४५५८ नम्बरको कारले श्रेष्ठलाई आज बिहान पौने ६ बजे ठक्कर दिएको हो । कारसहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय सिरहाले जनाएको छ ।





