मायादेवी स्तरिय मदरसा संघद्वारा गाउँपालिका अध्यक्षलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


कपिलवस्तु, असार २४ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा संचालित मायादेवि गाँउपालिका स्तरीय मदरसा संघले नवनिर्वाचित गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान ज्युलाई स्वागत तथा मदरसा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मायादेवीका विभिन्न मदरसाका अध्यक्ष र शिक्षकहरुको समेत उपस्थित रहेको थियो ।
मदरसा संघका अध्यक्षद्वारा नवनिर्वाचित गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमान ज्युलाई दोसल्ला लगाई भित्ते घडी सहित मायाको चिनो प्रदान गरिएको छ । कार्यक्रममा स्वागत सहित मदरसा हकहितका लागि अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । मदरसा संघले गाउँपालिकामा १० बुदेँ माग समेत प्रस्तुत गरेको छ ।
मदरसा स्तरीय संघले राखेको १० बुदें माग सम्बन्धमा मदरसाको अधिकतम मागलाई पूरा गर्छु भनी गाँउपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले प्रतिबद्धता व्यक्त गर्नु भयो । गाँउपालिका भित्रको आवश्यक विभिन्न क्षेत्रको समस्याको समाधान गर्न आफू सधै तयार रहेको पनि बताउनु भयो । कार्यक्रममा अतिकुर्रहमान मुसलमानले स्वागत मन्तव्य राख्नु भएको हो ।
नेपाल जामियत अहले हदिसका प्रमुख अब्दुल हई मुसलमानले मदरसाको न्युनतम आवश्यकता पनि पूरा गर्न अहिलेको मदरसाहरुलाई कठिन भइरहेकोले हाम्रा मागलाई विशेष रुपमा ध्यान पुर्याउन गाउँपालिकालाई आग्रह गर्नु भएको । यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमेश्वर यादवले पनि मदरसा शिक्षाको गुणस्तर सुधारका लागी न्युनतम मागलाई सम्बोधन गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रम मदरसा स्तरीय संघका सचिव रहमत अलिले संचालन गर्नु भएको हो भने कार्यक्रमको समापन संघका अध्यक्ष हिफ्जुर्रहमान मुसलमानले गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमा, विशिष्ट अतिथीमा प्रशासकिय अधिकृत प्रमेश्वर यादव, शिक्षा शाखा प्रमुख अमिन प्रसाद कुर्मी नेपाल जामियत अहले हदिसका प्रमुख अब्दुल हई मुसलमान लगायतको उपस्थिति रहेको थियो ।





