जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

नवलपुर टुडे
२०७९ असार २४ | बिहान १०:०३ बजे

काठमाडौँ, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।
आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । मिडिया रिपोर्टका अनुसार उनको छातीमा दुईवटा गोली लागेको छ ।
घटनापछि उनलाई अस्पताल लगिएको थियो । तर, उनको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन । गोली कसले र किन चलायो भन्ने पनि खुल्न सकेको छैन । एजेन्सी





