मुख्य समाचार

    धरानका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने

    नवलपुर टुडे
    २०७९ असार २४ | बिहान ०९:०३ बजे

      धरान, असार २४ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

      मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाएका हुन् ।

      मेयरलाई चढ्न भनेर स्कार्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् । गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।

      उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कार्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’

        कमेन्टहरु