देश

    कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ दिने शिशुको मृत्यु, आमासहित ३ घाइते

    नवलपुर टुडे
    २०७९ असार २३ | मध्यान्ह ०४:०३ बजे

      बुटवल, असार २३ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा ३ दिने शिशुको मृत्यु भएको छ भने आमासहित अन्य ३ जना घाइते भएका छ । दुर्घटनामा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको ३ दिने शिशुको मृत्यु भएको हो ।

      यस्तै घाइते हुनेमा अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायब निरीक्षक रमेशसिंह बुढाथोकीले जानकारी दिए । अनिताले ३ दिनअघि धनगढीको सेती प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । उनी कुरुवासँगै घर फर्कदै गर्दा घटना घटेको हो । घाइतेहरुको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

      एम्बुलेन्स अनियन्त्रित भई एक घरमा ठोक्किएर दुर्घटना भएको बेलौरी प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

        कमेन्टहरु