देश

    बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर

    नवलपुर टुडे
    २०७९ असार २३ | मध्यान्ह ०१:०३ बजे

      बाजुरा, असार २३ । बाजुराको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ । विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

      सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच विवाद भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको आचार्यको भनाई छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको र पुनः मतदानको अवस्था बनेको पनि उनले जानकारी दिए ।

      आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि वैशाख ३० गते भएको निर्वाचनमा मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

      ३० वैशाखमा स्थगित भएको मतदान आज विहान ७ बजेदेखि पुनः संचालन गरेको छ । यहाँ मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

        कमेन्टहरु