देश

    कटुवा पेस्तोलसहित २ जना पक्राउ

    नवलपुर टुडे
    २०७९ असार २३ | बिहान ०९:०३ बजे

      बारा । प्रहरीले बाराबाट कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका-१ बस्ने २९ वर्षीय अनिल मुखिया र २५ वर्षीय गुड्डु मुखिया पक्राउ परेका हुन् ।

      उनिहरुलाई बेलुका ६ः५० बजेतिरको समयमा सिम्रौनगढ- १ स्थित नम्सगराढाठ पोखरीको डिलमा अनिल, गुड्डुलगायतका केही व्यक्तिले हतियार देखाई धम्की दिइरहेको छ भन्ने सूचना प्रहरीकोमा आएको थियो । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा १० जनाको टोली खटिएको थियो । टोलीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

      उनीहरूको शरीर खातलासी गर्दा गुड्डु मुखियाको साथबाट कटुवा पेस्तोल फेला परेको प्रहरी निरीक्षक काफ्लेले जानकारी दिए ।

        कमेन्टहरु