देश

    युट्युबमा अश्लील शीर्षक राखेर भिडियो प्रसारण गरेको आरोपमा एक जना पक्राउ

    नवलपुर टुडे
    २०७९ असार २१ | मध्यान्ह ०५:०३ बजे

      काठमाडौं । युट्युब च्यानलमा अश्लील शीर्षक राखेर भिडियो सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

      नेपाल प्रहरीको साइबर ब्युरोले ‘४ रियल टीभी’ नामको युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी नगरपालिका–७ महादेवफाँट घर भई हाल काठमाडौं बस्दै आएका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेका हुन् । लामाले अश्लील शीर्षक राखेर भिडियो सामग्री प्रसारण गरेको ब्युरोले जनाएको छ ।

      लामालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेका ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले बताए ।

        कमेन्टहरु