देश

    रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

    नवलपुर टुडे
    २०७९ असार २१ | मध्यान्ह ०२:०३ बजे

      रामेछाप, असार २१ । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

      नौजनाको दुर्घटनास्थलमै र तीनजनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला छन् । मृतकको पहिचान भने खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा र एक जनाको बनेपामा उपचार भइरहेको छ ।

      रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको यात्रुबाहक बस मंगलबार बिहान सवा १० बजे लुभुघाटमा दुर्घटना भएको हो ।

        कमेन्टहरु