बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

नवलपुर टुडे
२०७९ असार २१ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं, असार २१ । काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एकजना घाइते भएका छन् ।
मंगलबार बिहान काठमाडौं महानगरपालिका-१६ बालाजु पुलवारिको सडकमा बागमती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका अर्का एक व्यक्तिको सोही अस्पतालम उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





