रामेछाप बस दुर्घटना अपडेट : ९ जनाको घटनास्थलमै मृत्यु

नवलपुर टुडे
२०७९ असार २१ | मध्यान्ह १२:०३ बजे

बुटवल, असार २१ । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा भएको बस दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।
२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ । बस लुभुखोला माथिको घुम्तीबाट तल खसेको हो ।





