समाचार

    डोटीका चार पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

    नवलपुर टुडे
    २०७९ असार २० | मध्यान्ह ०२:०३ बजे

      डोटी, असार २० । डोटीका चार वटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएका छन् । यहाँका शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडीकेदार गाउँपालिकालाई हालै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएको हो ।

      जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप युक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।

      जिल्लाका बाँकी रहेका पाँचवटा स्थानीय तहलाई पनि पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नका लागि अभियान सञ्चालन भइरहेको जिल्ला पूर्ण खोप समन्वय समिति डोटीले जनाएको छ ।

      उक्त अभियानअन्तर्गत अन्य पालिकामा बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिनाभित्रका बच्चालाई १४ वटा रोगविरुद्धका नौ वटा खोप लगाउने अभियान थालिएको जिल्ला समन्वय समितिका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिए । रासस

        कमेन्टहरु