बल्खुमा भ्यानको ठक्करबाट बालकको मृत्यु, आमा घाइते

नवलपुर टुडे
२०७९ असार १९ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं, असार १९ । काठमाण्डौको बल्खुमा भ्यानको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमाछोरालाई बा १३ च ६४१९ नम्बरको भ्यानले ठक्कर दिँदा छोराको मृत्यु भएको हो ।
ठक्करबाट आमा घाइते भएकी छन् । भारतको महाराष्ट्र घर भई हाल काठमाडौ बस्दै आएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष बन्सुरको मृत्यु भएको हो । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खु स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमा योगिताको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । सवारी साधनसहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।





