लहानका मेयर चौधरीद्वारा अस्पतालका बिरामीलाई फलफूल र हर्लिस वितरण

नवलपुर टुडे
२०७९ असार १९ | मध्यान्ह ०२:०३ बजे

महेश सिंह
सिरहा, असार १९ । लहान ३ स्थित रहेको कामना नर्सिङ होममा भर्ना रहेका सयौं बिरामीहरुलाई लहानका मेयर महेश प्रसाद चौधरीले पौष्टिक आहारको लागी रोगबाट बच्न फलफूल र हर्लिस वितरण गरेका छन् ।
असार १७ गते र १८ गते लहान नगरपालिका र कामना नर्सिङ्ग होम प्रा.ली.काे सहयोगमा धरानका बिपी.के.एच.एस.का वरिष्ठ चिकित्सकहरुद्वारा पाठेघर आङ्ग खस्ने बिरामीहरुका लागि २ दिने निशुल्क अपरेसन शिविर संचालन गरिएको थियो ।
पाठेघरको शल्यक्रिया गराएका महिला बिरामीहरुलाई फलफूल वितरण गरेका थिए । बिगत लामो समय देखि अस्पतालले बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । निजि क्षेत्रको अस्पताल मध्ये राम्रो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएका छन ।






