सन नेपालद्वारा पीडितलाई १४ लाख मृत्युु दाबी भुक्तानी


महेश सिंह
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर २ घर चत्री बस्ने मो. शेख अब्दुलका कान्छो छोरा करिब ९ महिना अगाडि ठुलो सपना बोकेर वैदेशिक रोजगारीमा शेख सारुख कतार पुगेका गएका थिए।
घरको अवस्था निकै कमजोर रहेका शेख सारुखले घरको आर्थिक सम्पन्न गर्न कतार पुगेका थिए। सपना अधुरै रहयो । उनको कतारमा मृत्यु भएका थिए। मृतक सारुख घरको दुई छोरा मध्ये सब भन्दा कन्छो छोरा थिए।
वैदेशिक रोजगार जीवन बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाद्वारा क्रिया खर्च सहित पुत्र शोकमा रहेकी जैसा खातुनलाई सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले सहज रूपमा पीडित खातुनलाई १४ लाख मृत्यु भुक्तानी गरेका छन्।पत्रकार महेश सिंह र पीडितको आफन्त शेख अजिजुलको रोहबरमा माछापुच्छ्रे बैंकको १४ लाखको चेक हस्तान्तरण गरेका छन्।
प्रबन्धक महतो करिब ३ बर्ष देखी निरन्तर पत्रकारको रोहबरमा जो सुकै मृत्यु दाबी भुक्तानी हस्तान्तरण गर्दै आएका छन्।प्रबन्धक इन्स्योरेन्सको क्षेत्रमा निकै लोकप्रिय ब्यक्तिको रूपमा चिनिन्छ।





