देश

    चन्द्रागिरि र फुलचाेकि लगायत केही ठाउँमा हिमपात

    नवलपुर टुडे
    २०७७ माघ २४ | मध्यान्ह ०६:१० बजे

      काठमाण्डाै । शनिबार दिउँसो काठमाडौं उपत्यकामा सामान्य वर्षा भएको छ । काठमाडौंको चन्द्रागिरी, फुलचोकीलगायत केही डाँडामा सामान्य हिमपात पनि भएको छ ।

      मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको छ भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।

      महाशाखाले आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुने र प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

        कमेन्टहरु